“समृद्धिको पुर्ब सुचक आत्मनिर्भरता हो, बाताबरण संरक्षण आफ्नै घरबाट सुरु गरौं” भन्ने मुल नाराका साथ टिम नेपो दाङको आयोजनामा सनिवार लमहिमा करेसावारि तथा कौसी खेती सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ। टिम नेपो दाङका सचिब प्रवेश पन्डितको अध्यक्षता तथा लमही न.पा. कि उपमेयर देबिका बेल्बासेको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा आशिष थानिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन बिशाल पोख्रेल र इन्दिरा पौडेलले गर्नुभएको थियो।
कौशी खेती र करेसा वारि खेती भनेको के? र घरमै उत्पादन भएको फोहोरको ब्यवस्थापन घरमै गरि प्राङ्गारिक मल बनाएर घरकै करेसाबारिबाट परिवारमा हुने आर्थिक लाभ र बाताबरण संरक्षकमा पुग्न जाने टेवालाइ बिशेष ध्यानमा राखी उक्त तलिम सन्चालन गरिएको थियो।
करेसावारि निर्माण , ब्यबस्थापन , तरकारीका विभिन्न जातहरु, बिषादीको उचित प्रयोग, झोलमल बनाउन तरिका , कौशी खेतीको मोह र त्यसको ब्यबस्थापन साथै तरकारीबालिमा लाग्ने विभिन्न कीट तथा रोगको ब्यबस्थापनको बारेमा किसानहरुलाइ जानकारी दिइएको थियो।
किसान र तालिमकर्ता बिच भएको अन्तरक्रिया ले किसानहरु तरकारी खेती र कौसी खेती प्रती आकर्षक भएको र उचित सुझाव र सल्लाह पाएका कारण अब आफुहरु ले पनि घरमै जैबिक खेती गर्ने संकल्प पनि गरेका छन। सनिवारको उक्त कार्यक्रम पश्चात् किसानहरुले घरेलु जैबिक खेतीको बारेमा धेरै कुरा बुझेको भन्दै टिम नेपो दाङ लाई धन्यवाद पनि दिएका छन ।
किसान प्रतिनिधि जुना केसि, हरिकला अर्याल, कमला पोख्रेलले यस्तो किसिमको तालिमहरु अझै पनि आवस्यक भएको बताउनु भयो।
करिब ८० जना किसानहरु सहभागी भएको उक्त कार्यक्रममा एन वाइ सि ए दाङका अध्यक्ष जिबन उप्रेती, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बिनोद कुमार पाण्डे,पृथु टेक्निकल कलेजकी छात्रा बिपना आचार्य,दिब्यसरी राना मगर,कुसुम बुढाथोकी लगाएतले मन्तव्य ब्यक्त गर्नुभएको थियो।