पोखरामा टिम नेपोको ‘युथ डिस्कसन’


Jul 11, 2017


विश्व जनसंख्या दिवस २०१७ को अवसर पारेर टिम नेपोले ‘युथ डिस्कसन’ कार्यक्रम चिप्लेढुंगा, पोखरामा स्थित चिनारी थकाली भान्सा घरमा सम्पन्न गर्यो । पोखरा उपत्यका भित्र विभिन्न क्षेत्रमा आबद्ध युवाहरुको सहभागिता रहेको सो कार्यक्रम; युवाहरुको नेतृत्व विकास तथा वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील रहदै आएको सामाजिक संस्था टिम नेपोले आइडिया फर एल्जिआईसि र हामी सक्छौ समूह संगको सहकार्यमा जनसंख्या वृद्धि नियन्त्रणमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको टिमका एक सदस्य गौरव सुवेदीले विपल्स डेलि नेपाललाई जानकारी दिए ।

यस ब्रह्माण्डमा जनसङ्ख्याको ज्यादै ठूलो महत्व रहेको छ । आजसम्म यस पृथ्वीमा जे जति प्रगति भएको छ, त्यो सबै जनसङ्ख्याको उपज हो । एउटा देशको लागि कति जनसङ्ख्या ठीक हुन्छ भन्ने कुरा त्यस देशमा विद्यमान प्राकृतिक साधनहरूको अवस्थाले निर्धारण गर्दछ । जनसंख्या वृद्धि र उत्पादन, जनसंख्या वृद्धि र खाद्यान्न आपूर्ति, जनसंख्या वृद्धि र पुँजी निर्माण, जनसंख्या वृद्धि र बेरोजगारी जनसंख्या वृद्धि र सन्तुलित विकासमा मद्दत पु¥याउने गर्दछ । आधुनिक युगको निर्माण, आधुनिक सभ्यता, संस्कृति, विज्ञान र प्रविधिको श्रेय मानव जातिलाई प्राप्त छ । तर अनियन्त्रित जनसंख्या वृद्धि र अरु कुरा समान रहेमा निर्धनताको दुष्चक्र निर्माणको प्रमुख तत्व हो । गरिबी, अशिक्षा, बालविवाह, बहुविवाह, परिवार नियोजन, धार्मिक प्रथा, बाल मृत्युदर आदि उच्च प्रजननदरका कारणहरू रहेका छन् । नेपाल एक अर्धसामन्ती पुरुषप्रधान मुलुक भएकोले यहाँका ग्रामीण क्षेत्रहरूमा बहुविवाह गर्ने चलन बढी छ । बहुविवाहले जनसङ्ख्याको तीव्र वृद्धि गराउँछ । सामाजिक कुप्रथा, अन्धविश्वास कामको लोभ, आदिको कारणले यहाँका मानिसहरू अधिकांश रूपमा सानै उमेरमा विवाह गर्ने हुँदा नेपालमा जनसङ्ख्या वृद्धि हुन गएको छ । नेपालमा उपलब्ध जनसङ्ख्यालाई उचित शिक्षा, स्वास्थ्य र पौष्टिक आहारको सुविधा पुग्न सकेको छैन । तीव्र जनसङ्ख्या वृद्धिले वनजङ्गलको विनाश, खाद्यान्न समस्या, बेरोजगारीको समस्या, शिक्षा, स्वास्थ्य र आवासको समस्या समेत उत्पन्न गराउने गर्दछ । त्यसैले यस्ता कुराहरुमा युवाहरुले नेपालका ग्रामीण क्षेत्रहरूमा जनचेतना पुराउन सके मात्रै पनि धेरैकुराको समाधान हुन सक्ने भन्दै कार्यक्रम संयोजक टिम नेपोका श्रीकृष्ण गौतम, हामी सक्छौ समुहका पदम गुरुङ, आइडिया फर एल्जिआईसिका कमल बि.क. लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन टिम नेपोकै सुजन नेपालीले गरेका थिए ।

असार २७, २०७४ पोखरा

Source: People’s Daily Nepal (http://peoplesdailynepal.com/?p=215&fbclid=IwAR0lFKTueYlEQ2Llk17XKVgCOIXsOwXIsS_nvESxZ5oa_AeW3Yg5he6dJDc)