टिम नेपोले सुरु गर्यो ‘चिन्तन चौतारी’


Apr 13, 2019


नयाँ वर्षको पुर्वसन्ध्या पारेर टिम नेपो नामक च्यारिटि युवा संस्थाले हिजो नेपाल मेगा कलेज, बबरमहल बाट, एक टक प्रोग्राम सिरिज ‘चिन्तन चौतारी’ को सुरुवात गरेको छ । यस चौतारीका पहिला वक्ताका रुपमा भारत, गोवाका सद्गुरु (डा.) चरुदत्त पिंगेल ले ‘युवा, स्वास्थ्य र जीवनशैली’ शिर्षकमा आफ्नो प्रस्तुति दिनुभयो ।

चिन्तन चौतारी, टक प्रोग्राम सिरिज हो जस्ले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञ वक्ता तथा विद्वान व्यक्तिहरुलाई युवाहरु माझ प्रस्तुत गराउदछ र वक्ताहरुले आफ्ना कथा, भोगाइ र ज्ञान युवाहरुलाई विभिन्न माध्यमबाट बाढ्दछन । युवाहरु धेरै कुराका भोका हुन्छन, उनीहरुसंग उर्जा र जोस हुन्छ तर विषयवस्तुको पूर्ण ज्ञान को कमिले गर्दा धेरै युवाहरुमा अन्योलता बढीभएको पाइन्छ । त्यसैले यस चौतारीको मुख्य उधेश्य भनेको विभिन्न क्षेत्रका विद्वानहरु र उर्जाशील युवाहरु बीच प्रश्नोत्तर गराई उनीहरुको अन्योलता हटाई राम्रा कार्यहरुमा लाग्न प्रेरणा दिनु हो भनेर टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेल ले बताउनु भयो । र १०० औ एपीसोड सम्म वातावरण, विज्ञान, चिकित्सा, प्रविधि, इतिहास, भाषा, कानुन, कला, साहित्य, संगीत, वेद, दर्शन, आध्यात्म, नैतिक शिक्षा, अर्थशास्त्र, व्यवसाय र कृषि जस्ता विषयका विज्ञहरुलाई प्रस्तुत गर्ने योजना रहेको पनि पौडेलले प्रस्ट्याउनु भयो ।

चौतारीको फरम्याट अनुसार २ घण्टा समय वक्ताको आफ्नो प्रस्तुती का लागि समय छुट्यायिएको हुन्छ भने आधा घण्टा प्रश्नोत्तर सेसन चल्दछ ।  हिजोको प्रश्नोत्तर सत्रमा आएका प्रश्नहरुको जवाफ दिदै सद्गुरु चरुदत्तले सहभागीको उत्सुकता देखेर निकै खुसि लागेको बताउनु भयो यसका साथै यस कार्यक्रम को ढाचा र चौतारी को अर्थ कार्यक्रम संग निकै मिलेको भन्दै यस कार्यक्रम १००औ सस्करण सम्म चलिराखोस र हजारौ युवाहरुलाई प्रेरणा दियोस भनेर शुभकामाना पनि दिनुभयो । आफ्नो प्रस्तुतिमा उहाँले जीवनको अर्थ, सुख-दुख को कारण, व्यक्तिगत आचारण, जीवनशैली का विषयमा बोल्नु भएको थियो ।

६० भन्दा बढी युवाहरु उपस्थित भएको उक्त कार्यक्रमको संचालन टिम नेपो कै प्रतिमा ढकालले गर्नुभएको थियो भने संस्थाले सुरु गरेका अन्य ठुला अभियानहरु, मेरो रुख र पुस्तक परियोजना का बारेमा टिम नेपोका इन्टर्न नारायण खनालले बोल्नु भएको थियो ।

 

Source: Hulaki Baje  http://hulakibaje.com/archives/272?fbclid=IwAR16mzyvFy8hC6KtX4XMYG6aPaBT-W2L-1V77sV7IMNuwdBCKAbQRn38kd0