टिम नेपोको आयोजनामा शनिवार बुटवलको दीप बोडिङ्ममा Training on Strategic Planning in Organizations सम्पन्न भएको छ । टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलको अध्यक्षा रहेको सो कार्यक्रमको संयोजन टिम नेपोकै कमला पाण्डेले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २, नेपालका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्र नारायण श्रेष्ठले सहभागीहरूलार्इ प्रोत्साहन गर्दै आफ्ना अनुभव बाँड्नुको साथै यस्तो किसिमको तालिम आजको दिनमा निकै आवश्यक रहेको भन्दै आयोजक टिम नेपोलार्इ बधार्इ तथा शुभकामना पनि दिनु भयो । विशिष्ट अतिथि रहनु भएका बुटवल जेसिसका कानुनी सल्लाहकार तथा रोटार्याक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष राजिब गौतमले पनि स्ट्राटेजिक प्लानीङ् को महत्त्व दर्साउनु भयो । यसै गरी अन्य विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको कार्यक्रमको स्वागत टिम नेपोकि उपाध्यक्ष सुमाना ज्ञवालीले गर्नुभयो भने कार्यक्रम सञ्चालन रोशनी ज्ञवालीले गर्नुभएको थियो ।
तालिममा स्ट्राटेजिक प्लानीङ् भनेको के हो, कुनै पनि संस्थामा योजना कसरी बनाउने, प्रोजेक्ट कसरी डिजारइन गर्ने, प्रतिवेदन कसरी लेख्ने, युवा नेतृत्व जस्ता विषयहरू समेटिएको थियो । तालिममा समावेश गरिएका विभिन्न रमाइला क्रियाकलापहरूले सहभागीहरूलार्इ मनोरञ्जन सङ्गै तालिमका विषयहरू बुझ्न सहयोग गरेको थियो । उक्त सम्पूर्ण तालिमको सहजीकरण टिम नेपोकै संस्थापक अध्यक्ष निगम पौडेलले गर्नुभएको थियो ।
उक्त कार्यक्रमलार्इ फस्ट स्टेप एडुकेशन कन्सल्टेन्सी, दीप बोडिङ् उमावि, रोटार्याक्ट क्लब अफ बुटवल डाउनटाउन, लियो क्लब अफ बुटवल खस्यैली युथ जस्ता संस्थाको सहकार्य रहेको टिम नेपोका सल्लाहकार आविष्कार खनालले जानकारी दिनुभयो ।